बेल्जियम अपडेट : कोरोना भाईरसबाट ४९३७ संक्रमित, १७८ को मृत्यु, निषेधाज्ञा अवज्ञा गर्नेलाई ३ महिना जेलदेखि देखि ४ हजार जरिवानासम्म !

रमेश कँडेल , बेल्जियम।

बेल्जियममा गत २४ घन्टामा ६६८ जनालाई कोरोना भाईरस लागेको बताईएको छ। जसमा ४२९ (६४%) Vlaanderen, १७६ (२६%) Wallonië, ५७ (९%) Brussel र ठेगाना थाहा नभएको ६ (१%) छन्।

आजसम्म बेल्जियममा ४९३७ जना कोरोना भाईरसबाट संक्रमित छन्। जस अनुसार ३०२३ (६१%) Vlaanderen, १२३४ (२५%) Walloniē, ५४५ (११%) Brussel र ठेगाना थाहा नभएको १३५ (३%) छन्।

बेल्जियममा कोरोना भाईरसको संक्रमणबाट गत २४ घन्टामा ५६ सहित १७८ जनाले आफ्नो ज्यान गुमाउनु परेको छ। गत २४ घन्टामा ४३४ जना भाईरस संक्रमितहरुलाई अस्पताल भर्ना गरिएको छ। ११५ जना उपचार पछी घर फर्किएका छन्। १५ देखी २४ मार्चको बिचमा २३०८ बिरामीलाई हस्पिटलमा भर्ना गरिएकोमा ५४७ जना उपचार पछी घर फर्किएका छन् ।

बेल्जियमले हिजो देखी नियम नमान्नेहरुलाई अझ कडा कार्वाहि गर्न थालेको छ। अगाडी सम्म सम्झाई बुझाई छोड्दै आईरहेकोमा अब बिनाकाम बाहिर निस्कनेलाई २५० युरो र सरकारले खोल्न अनुमती नदिएका पसलहरु खोलेमा ७५० युरो तुरुन्त तिर्नुपर्ने बनाएको छ। त्यो संगै ८ दिन देखी ३ महिना जेल र २०८ युरो देखी ४ हजार युरो सम्म जरिवाना गर्ने छ।

कोरोना संक्रमणले गर्दा बिद्यार्थीहरु घरबाटै पढिरहेका छन्। यसको लागि ल्यापटप, कम्युटर र ईन्टरनेट नहुने विद्यार्थीहरुलाई यहाँको सरकारले करिब १० हजार कम्युटर नि:शुल्क बाँड्नको लागि कम्युटर खोजिरहेको यहाँका शिक्षा मन्त्री Ben Weyts ले बताएका छन्।

हिजोबाट बेल्जियमले कपालकाट्ने सैलुन पनि बन्द गराएको छ।

सार्बजनिक स्थलका सम्पूर्ण बेन्चमा पनि नबस्न बेल्जियमको प्रहरीले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार