रमेश कँडेल , बेल्जियम।

बेल्जियममा ७२५० जना कोरोना भाईरसबाट संक्रमित छन्। जस अनुसार ४६५२ (६४%) Vlaanderen, १६२१ (२२%) Walloniē, ८४६ (१२%) Brussel र ठेगाना थाहा नभएको १६५(२%) छन्।
बेल्जियममा गत २४ घन्टामा १०४९ जनालाई कोरोना भाईरस लागेको बताईएको छ भने ६९ जनाको मृत्यु भएको छ।
बेल्जियममा कोरोना भाईरसको संक्रमणबाट गत २४ घन्टामा ६९ सहित २८९ जनाले आफ्नो ज्यान गुमाएका छन्।
गत २४ घन्टामा ४९० कोरोना संक्रमितहरुलाई हस्पिटल भर्ना गरिएको छ भने १८३ जना उपचारपछी घर फर्किएका छन्।
१५ देखी २६ मार्च सम्म ३३३८ जना COVID-19 संक्रमितहरुलाई हस्पिटल भर्ना गरिएकोमा ८५८ जना घर फर्किएका छन्। अहिले ६९० जना भेन्टिल्टरमा छन्।
फ्लामिस रिजनमा West Vlaanderen: ८८६, Oost Vlaanderen: ८४४, Vlaams Brabant : ९०८ , Antwerpen: ९९१ र Limburg: १०२३ जना कोरोना बाट संक्रमित छन्।
लकडाउन कति समय बढाउने? के के नियमहरु ल्याउनुपर्ने ? आदिकुराहरुको निर्णय गर्न सुरक्षा परिषदको बैठक आज बस्दैछ।यसले आगामी दिनहरुमा कोरोना बिरुद्ध कसरी लड्ने भनेर मार्गनिर्देशन गर्नेछ।
साथै बेल्जियमको सरकारले विदेशबाट ईन्टरनेटको माध्यम बिभिन्न औषधीजन्य तथा खाध्यबस्तुहरु नकिन्न आग्रह गरेको छ।
















