बेल्जियममा लकडाउन अब अप्रिल १९ सम्म, परिस्थिती हेरेर अझै २ हप्ता बढ्न सक्ने।

रमेश कँडेल , बेल्जियम।

बेल्जियमको सुरक्षा परिषदको बैठकले १९ अप्रिल सम्म लकडाउन बढाउने निर्णय गरेको कुरा प्रधानमन्त्री Sophie Wilmès ले आज शुक्रबार एक पत्रकार सम्मेलन मार्फत बताएकी छिन्।

प्रधानमन्त्रीका अनुसार सुरक्षा परिषद, मन्त्रिपरिषद र अन्य बिशेषज्ञहरुको सामुहिक छलफलबाट यो निर्णय गरिएको हो।परिस्थिती हेरेर यो समय मे ३ सम्म २ हप्ता थप पनि गर्न सकिनेछ। यसको लागि सुक्ष्म अध्ययन गरिनेछ।

सबैजना घरमा बस्नको लागि सबैलाई फेरी पनि उनले आग्रह गरेकी छिन्। आबस्यक कामहरु खाध्यान्न किनमेल , औषधी किनमेल र डक्टरकोमा जान मात्र बाहिर निस्कन आग्रह गरेकी छिन्। वृस्तित जानकारी :- https://www.info-coronavirus.be/nl/ मा दिईएको छ।

बाहिरी गतिबिधीहरु पार्कमा भेटघाट, लामो समय पार्कमा बस्न र पार्टीहरु गर्न बन्देज लगाईएको छ ।शारिरिक ब्यायमको लागि केही समय बाहिर निस्कन पाईने तर तुरुन्तै घर फर्कनुपर्ने पनि जनाईएको छ।

घुम्नको लागि बेल्जियमको पहाडी एरिया आर्देनन् र समुन्द्री किरानामा जान रोक लगाईएको छ। सरकारको आदेस नमानेमा तुरुन्त प्रहरीहरुले पक्रन र जरिवाना गर्न सक्नेछन्।

बेल्जियममा १४ मार्च शनिवारबाट लकडाउन गर्न सुरु गरिएको थियो।

बिस्तृत जानकारीहरु फोन नं 0800 14 689 बाट पनि पाउन सकिनेछ । यो फोन शनिबार र आईतबार बिहान १० बजे देखी बेलुकी ८ बजे सम्म र सोमबार देखी शुक्रबार बिहान ८ बजेदेखी बेलुकी ८ बजेसम्म खुला हुनेछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार