हिक्मत थापा, अफ्रीका।

अफ्रिकामा उत्तरी अफ्रिका बाट फैलिएको कोरोना महामारी अब कुल ५४ अफ़्रिकिन देश मध्ये ४२ भन्दा बढी देशमा फैलीसकेको छ ।
सबै भन्दा बढी संख्या ९२७ जना संक्रमीत दक्षिण अफ्रिका हिजो देखि पुर्ण लकडाउनमा गइसकेको छ भने अन्य देशहरु पनि संक्रमणको प्रारम्भिक अबस्थामा छन् र नियन्त्रणका उपाय भर्खर अपनाउन थालेका छन् ।
पुरै महादेश भरी अहिले सम्म ३३९१ जना भन्दा बढी संक्रमण र ४२ जनाको मृत्यको पुष्टि भै सकेको छ । सबै भन्दा बढी असर हुँदै गरेका देशमा दक्षिण अफ्रिका लगाएत उत्तर अफ्रिकाका मोरक्को , इजिप्ट , अल्जेरिया , मोरक्को र ट्युनिसिया छन भने पश्चिम अफ्रिकाका घाना , बुर्कानो फासो , नाइजेरिया , सेनेगल र आइभोरी कोस्टमा संख्या बढने क्रममा छ । मध्य र पुर्बी अफ्रिकाका कङ्गो , रवान्डा , केन्या , युगान्डा मा सयको संख्या भन्दा कमै संक्रमण अहिलेसम्म भए पनि गत हप्ता देखि ज्यामितिय हिसाबले यो संख्या बढीरहेको छ ।
रोकथाम र उपचार गर्न सक्ने क्षमता तुलानात्मक रुपमा कमजोर रहेको यो महादेशमा शुरुमै यो संक्रमण नियन्त्रणमा नआए स्थिति भयावह हुने आकलन गरिएको छ ।
सात हजारको संख्यामा नेपाली रहेको आकलन गरिएको अफ्रिकामा ३० देश भन्दा बढीमा नेपालीको उपस्थिति छ भने संख्यात्मक रुपमा युगान्डा , सेसेल्स , नाइजेरिया , दक्षिण अफ्रिका , केन्या , घाना , जाम्बिया , कङ्गो र तान्जानियामा उपस्थित बढी छ ।
हाल सम्म यहाँका नेपालीहरु कोरोनाको संक्रमण बाट प्रभावित भएको जानकारीमा आएको छैन ।
















