रमेश कँडेल, बेल्जियम।

बेल्जियममा ११८९९ जना कोरोना भाईरसबाट संक्रमित छन्। जस अनुसार ७०६४(५९%) Vlaanderen, ३३५१ (२८%) Walloniē, १२६३ (११%) Brussel र ठेगाना थाहा नभएको २२१(२%) छन्।
आज सम्म ५१३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।
बेल्जियममा गत २४ घन्टामा १०६३ जनालाई कोरोना भाईरसबाट संक्रमित भएका थिए भने हिजो यो संख्या १७०२ थियो। आज करिब ६३९ ले संक्रमित हुने संख्यामा कमी आएको छ। अब बिस्तारै संक्रमितहरुको संख्या घट्ने यहाका भाईरबिज्ञहरुले बताएका छन्।पछिल्लो २४ घन्टामा ८२ जनाको मृत्यु भएको छ।
गत २४ घन्टामा ५३६ कोरोना संक्रमितहरुलाई हस्पिटल भर्ना गरिएको छ भने १६८ जना उपचारपछी घर फर्किएका छन्।
१५ देखी २९ मार्च सम्म ५०७८ जना COVID-19 संक्रमितहरुलाई हस्पिटल भर्ना गरिएकोमा १५२७ जना उपचार पश्चात रिकभर भएर घर फर्किएका छन्।
मार्च २९ सम्म ४५२४ जना हस्पिटलमा छन् भने ९२७ आइसीयु मा छन्।
बेल्जियमले बच्चाहरुको लागि खोलिएका पसलहरुलाई खोल्न दिने निर्णय गरेका छन्। त्यसबाट ब्यापारीहरु भने सन्तुष्ट छैनन्।
बेल्जियमको फ्लामिस रिजनका केही माछा ब्यापारीहरुले अस्पताललाई सत्तैमा माछा दिएर COVID-19 संक्रमितहरुलाई सहयोग गरेका छन् । कोरोना संक्रमणबाट बेल्जियममा माछाको मुल्यमा ३० प्रतिसत सम्म कमि आएको छ।
सुपरमार्केटहरुले अब सामान किन्दा छुट गर्न पाउने भएका छन्। सरकारले केही समय पहिले छुन गर्न मनाही गरेको थियो।
सरकारले अहिले दैनिक रुपमा करिब १० हजार जनामा कोरोना परिक्षण गर्न आफ्नो सक्रियता बढाएका छन् ।
















