रमेश कँडेल, बेल्जियम।

बेल्जियममा अहिले सम्म १२७७५ जना कोरोना भाईरसबाट संक्रमित भएका छन्। आज सम्म ७०५ जनाले ज्यान गुमाएका छन्।
गत २४ घन्टामा ८७६ जना कोरोना भाईरसबाट संक्रमित भएका थिए भने हिजो यो संख्या १०६३ थियो। आज करिब १८७ ले संक्रमित हुने संख्यामा कमी आएको छ। गत २४ घन्टामा ९८ जनाको मृत्यु भएको छ। ९३ % भन्दा बढि मृत्युहुनेहरु ६५ वर्ष भन्दा माथि रहेको जनाईएको छ।
संक्रमितहरु मध्ये ७५३१(५९%) Vlaanderen, ३५५४ (२८%) Walloniē, १४५२ (११%) Brussel र ठेगाना थाहा नभएको २३८(२%) छन्।
गत २४ घन्टामा ४८५ कोरोना संक्रमितहरुलाई हस्पिटल भर्ना गरिएको छ भने १६८ जना उपचारपछी घर फर्किएका छन्।
१५ देखी ३० मार्च सम्म ५५७२ जना COVID-19 संक्रमितहरुलाई हस्पिटल भर्ना गरिएकोमा १६९६ जना घर फर्किएका छन्।
मार्च २९ सम्म ४९२० जना हस्पिटलमा छन् भने १०२१ ICU मा छन्।
कोभिड १९ को संक्रमणबाट गत शनिबार मृत्यु भएकी ९० वर्षिया महिला Suzanne Hoylaerts अहिले बेल्जियममा चर्चित बनेकी छिन् । गत शुक्रबार परिवार द्वारा हस्पिटल पुर्याईएको उनको शनिवार मृत्यु भएको थियो। उनले आफुलाई अक्सिजन भेन्टीलेटरमा नराख्न भन्दै आफुभन्दा कम उमेरकोलाई बचाउन आग्रह गरिन्। आफुले ९० वर्ष सम्म रमाईलो जिन्दगि बिताएको बताउदै अब बाँच्ने रहर नभएको बताएकी थिईन्। उहाको परिवारले उनले लिएको यस्तो कदमले आश्चर्यमा परेको र आफुहरु उहाँको अन्त्यस्टिमा सहभागि हुन नपाएको बताएका छन् । उनी बेल्जियमको लुबेक शहर नजिकै बृद्धाश्रममा बस्थिन्।
















