लिस्बन।

संकलित विवरणको गोपनियता कायम गर्न नसक्दा फेसबुकलाई ५ अर्ब जरिवाना !
सामाजिक संजाल फेसबुकले आफ्नो एपमा संकलित भएका व्यक्तिगत बिवरणको गोपनियता कायम गर्न नसक्दा गत बर्ष ५ अर्ब जरिवाना तिरेको थियो। अमेरिकी नियामकहरूले कथित रूपमा संकलित डाटा उल्लंघनको आरोपमा फेसबुकलाई ५ अर्ब डलर जरिवाना गराएका थिए। सामाजिक संजाल फेसबुकले गत वर्ष प्रयोगकर्ताहरूको व्यक्तिगत बिवरण क्याम्ब्रिज एनालिटिकासँग चुहावट गरेको आरोप लागेको थियो ।
व्यक्तिगत बिवरण सुरक्षित राख्न नसक्दा र चुहावट हुदा युरोप र अमेरिकाका कुन कुन संस्था र कम्पनीले कति जरिवाना तिरे ?
युरोप र अमेरिकाका विभिन्न संस्था र कम्पनीले आफुले कानुनतः संकलन गरेको व्यक्तिगत बिवरणहरु सुरक्षित राख्न नसक्दा, चुहावट र ह्याक हुदा, सुरक्षा संयन्त्र कमजोर हुदा, संकलित डाटाको उचित व्यवस्थापन गर्न नसक्दा १.४५ बिलियन डलर जरिवाना तिरिसकेका छन्। कुन संस्था र कम्पनीले किन र कति जरिवाना तिरे? हेर्नुहोस् बिवरण !
Centro Hospitalar Barreiro Montijo: पोर्चुगलकै मन्तेजोमा रहेको अस्पताल Centro Hospitalar Barreiro ले संकलित बिवरणहरुको सामान्य तथ्यांक सुरक्षा नियमान गर्न नसक्दा सन् २०१९ मा मात्रै ४ लाख युरो जरिवाना तिर्नुपरेको छ।
– ब्रिटिश एयरवेज : बेलायतको राष्ट्रिय ध्वजावाहक कम्पनी ब्रिटिश एयरवेजले आफ्ना यात्रुहरुको बिवरण व्यवस्थित तरिकाले सुरक्षित गर्न नसक्दा सन् २०१९ मा २३० मिलियन डलर जरिवाना तिरेको छ।
मेरियट ( Meriott ) : संसारभर छरिएर रहेको तारे होटेलहरुको ग्रुप मेरियटले आफ्ना पाहुनाहरुको व्यक्तिगत बिवरण चुहावट हुदा सन् २०१९ मात्रै १२४ मिलियन डलर तिर्नुपरेको छ।
Equifax : व्यक्तिहरुको आर्थिक डाटा मोनिटर गर्ने क्रेडिट एजेन्सी कम्पनी equifax ले आफुले बेलायतमा संकलन गरेको व्यक्तिगत बिवरणहरु चुहावट हुदा सन् २०१७ मात्रै ५७५ मिलियन डलर जरिवाना तिरेको छ।
उवर ( Uber ) : ट्याक्सी तथा यातायात सेवा प्रायादक कम्पनी उवरले यसका चालक र ग्राहकहरुको बिवरणहरु कमजोर व्यवस्थापन गरेको कारणले सन् २०१६ मा १५० मिलियन डलर जरिवाना तिरेको रेकर्ड छ। त्यस्तै सन् २०१८ मा ६ लाख चालकहरु र ५७ मिलियन यात्रुहरुको बिवरण चुहावट भएको अभियोगमा उवरले १४८ मिलियन डलर जरिवाना तिरेको छ।
याहु ( Yahoo ) : सन् २०१३ मा याहुका ३ मिलियन अकाउन्टहरुको बिवरण चुहावट भएको र ३ बर्षसम्म यो सूचना लुकाएर राखेको आरोपमा सो कम्पनीले ८५ मिलियन डलर जरिवाना तिरेको छ, त्यपछि नै याहु कम्पनी ओरालो लागेको हो।
टेस्को बैंक ( Tesco Bank ) : बेलायतको सुपरमार्केट चेन टेस्को को टेस्तो बैंकले सन् २०१८ मा यसका ९००० ग्राहकहरुको डेबिट बैंकको बिवरण चुहावट भएको आरोपमा सो बैंकले २१ मिलियन डलर जरिवाना तिरेको छ।
टार्गेट ( Target ) : अमेरिकाको रिटेल सुपरमार्केट टार्गेटले ४७ राज्यमा भएका ४० मिलियन डेबिट र क्रेडिट कार्डको बिवरण ब्ल्याक फ्राईडेको ब्यापारमा सुरक्षित व्यवस्थापन गर्न नसक्दा २०० भन्दा बढी मिलियन जरिवाना तिरेको छ। सो काण्डमा डेबिट र क्रेडिट कार्डवाहकहरुको ठेगाना, फोन नम्बर र इमेल ठेगाना चोरी भएको थियो।
एन्थम ( Anthem ) : अमेरिकाको स्वास्थ्य बिमा कम्पनी एन्थमका ७९ मिलियन ग्राहकहरुको बिवरण सन् २०१५ मा चोरी भयो। ग्राहकहरुको चोरी भएको बिवरणमा नाम, जन्ममिति, सोसियल नम्बर र स्वास्थ्य दर्ता नम्बर मात्रै थिए। यत्ति बिवरण चोरी हुदा पनि अमेरिकाको स्वास्थ्य बिमा कम्पनी एन्थमले सन् २०१७ मा ११५ मिलियन डलर र सन् २०१८ मा १६ मिलियन डलर जरिवाना तिर्नुपरेको थियो।
The University of Texas MD Anderson Cancer Center: सन् २०१२ -१३ को बिचमा अमेरिकाको The University of Texas MD Anderson Cancer Center का ३३ हजार ५ सय बिरामीहरुको बिवरण चोरी भयो, जसवाफत बिश्वबिद्यालयले सन् २०१८ मा आएर ४.३ मिलियन डलर जरिवाना तिरेको थियो।
Fresenius Medical Care North America: उत्तरी अमेरिकाको स्वास्थ्य सेवा प्रायादक कम्पनी Fresenius Medical Care ले संकलित स्वास्थ्य बिवरणहरु उचित तरिकाले व्यस्थापन नगरेको अभियोगमा सन् २०१८ मा ३.५ मिलियन डलर जरिवाना तिर्नुपरेको थियो।
Cottage Health and Touchstone Medical Imaging: स्वास्थ्य सेवा प्रायादक कम्पनी Cottage Health and Touchstone Medical Imaging मा संकलित भएको ६२ हजार ५०० बिरामीहरुको स्वास्थ्य बिवरणहरु सन् २०१३ र २०१५ मा गरी दुइपटक इन्टरनेटमा भेटियो। व्यक्तिगत बिवरणहरु चुहावट भएको अभियोगमा सो कम्पनीले दुइ -दुइ पटक ३ – ३ मिलियन डलर जरिवाना तिरेको छ।
Jackson Health System: अमेरिकाको प्रमुक स्वास्थ्य सेवा कम्पनी Jackson Health System बाट ७५६ जना बिरामीहरुको बिवरण सन् २०१३ मा लिक भयो। सो कम्पनीले सन् २०१६ मा २.१५ मिलियन डलर जरिवाना तिरेको रेकर्ड छ।
















