संसारकै पहिलो कोरोना संक्रमित : ‘पेसेन्ट जिरो’लाई यसरी भयो संक्रमण !

एजेन्सी ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले संसारका २ सय देशमा पुगिसकेको छ । कोरोना भाइरसबाट पहिलो संक्रमित हुने व्यक्ति ५७ वर्षीया महिला रहेको पुष्टि भएको छ ।

कोरोना भाइरसका कारण पुरै दुनियामा हाहाकार मच्चिएको छ । संसारभर झण्डै ८ लाख मानिस कोरोना भाइरुसबाट संक्रमित भएका छन् । झण्डै ३८ हजारले ज्यान गुमाएका छन् । तपाईँलाई कोरोना भाइरसको पहिलो संक्रमण कसलाई भएको होला ? भन्ने जिज्ञासा हुन सक्छ ।

उनले वुहानमा झिंगे माछा बेच्थिन् । उनको नाम वेइ गुइ जियान हो । यीनलाई मेडिकल नाम पनि दिइएको छ, उनको मेडिकल नाम ‘पेसेन्ट जिरो’ हो ।

को हुन पेसेन्ट जिरो ?

कोरोना भाइरसको पहिलो संक्रमण चीनको वुहानकी ५७ वर्षीया एक महिलालाई भएको थियो । उनी वुहानमा झिंगे माछा बेच्थिन् । उनको नाम वेई गुइ जियान हो । उनलाई मेडिकल भाषामा ‘पेसेन्ट जिरो’ पनि भन्ने गरिन्छ ।

‘पेसेन्ट जिरो’मा अहिले कोरोना भाइरसको प्रभाव छैन । उनी स्वस्थ छन् । उनको उपचार झण्डै एक महिना भएको थियो । यी महिला जनवरीमै कोरोना भाइरसको संक्रमणबाट मुक्त भएकी थिइन् । तर यी नै पहिलो बिरामी नहुन पनि सक्ने तर्क केहीले गरेका छन् ।

चिनियाँ सञ्चारमाध्यमले भने यी महिला नै ‘पेसेन्ट जिरो’ भएको बताएका छन् । मेडिकल भाषामा जसलाई पहिलो लक्षण देखिन्छ, त्यो व्यक्ति ‘पेसेन्ट जिरो’ हो । न्युजपोर्टल ‘द पेपर’का अनुसार यी महिला डिसेम्बर १० मा सी-फूड मार्केटमा झिंगे माछा बेच्ने क्रममा संक्रमित भएकी थिइन् ।

चिनियाँ सञ्चारमाध्यममा उनी भन्छिन्, ‘मलाई हरेक चिसो सिजनमा रुघाखोकी लाग्थ्यो । १० डिसेम्बरमा पनि यस्तै भयो । तर पहिले भन्दा थकान धेरै थियो । म त्यहीँ दिन नजिकैको क्लिनिकमा पुगेँ । केही औषधि लिएर फेरि मार्केटमा गएर काम गर्न थालेँ । तर मलाई सजिलै निको हुने जस्तो भएन् । त्यसपछि म वुहानकै ‘द इलेभेन हस्पिटल’का डाक्टरलाई परीक्षण गराएँ । त्यसपछि मलाई औषधि दिइयो । त्यो समयसम्म मलाई कोरोना भाइरस लागेको थाहै थिएन ।’

३१ डिसेम्बरमा यी महिलालाई कोरोना भाइरस लागेको जानकारी आयो । यी महिला २७ कोरोना भाइरस संक्रमित बिरामीमा पहिलो बिरामी हुन् । सुरुवातमा चीनको प्रशासनले खासै महत्व दिएको थिएन ।

यी महिलाले धेरै ठाउँमा पुगेरै कोरोना भाइरस अरुलाई सार्ने भूमिका खेलिन् । चीन सरकारको तर्फबाट डिसेम्बरको अन्तिममा मात्र यी महिलालाई क्वारेन्टाइनमा राखेको थियो ।

चीनले २ सय ५० जनाको पहिचान गरेको छ, जसलाई सन् २०१९ मा कोरोना भाइरसको संक्रमण भएको थियो । अमेरिकी मिडियाले यी महिलालाई पेसेन्ट जिरो भनेपछि चीनले यी महिला चीनमा पहिलो बिरामी भए पनि उनी ‘पेसेन्ट जिरो’ नभएको तर्क गरेको थियो ।

चीनले यी महिलालाई ‘पेसेन्ट जिरो’ मानेको थिएन । चीनले अमेरिकी सेनाको प्रयोगशालामा यो भाइरस तयार गरिएको दावी गरेको छ । केही समयसम्म चीन र अमेरिकाबीच यो विषयमा विवाद पनि थियो ।

अहिले अमेरिकामा धेरै संक्रमित भएपछि चिनियाँ र अमेरिकी राष्ट्रपतिले मिलेरै यो भाइरसविरुद्ध लड्ने तयारी गरेका छन् । त्यसैअनुरुप चीनले अमेरिकालाई पनि सहयोग पठाइसकेको छ । यी महिलाले समयमा पहिचान भएको अवस्थामा अरु धेरै मानिसले ज्यान जोगाउन सक्ने बताएकी छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार