इटाली र स्पेनलाई पछ्याउदै बेलायत, २४ घन्टामा कोरोना संक्रमित ५६३ को मृत्‍यु

सुभाष भट्ट, लण्डन।

बेलायत मा कोरोना भाईरस संक्रमण दिनहु ठुलो मात्रामा बढीरहेको अवस्थामा छ। भाईरस संक्रमण बाट गएको २४ घन्टामा ५६३ जनाको मृत्यु भएको थियो।

देशभरी लकडाउनको अवस्था भएपनि कोरोना भाईरस संक्रमणबाट मृत्यु हुनेको संख्या र संक्रमित हुने संख्यामा कुनै पनि कमी आएको देखिदैन।

बेलायतमा हालसम्म भाईरसबाट संक्रमित हुनेको सन्ख्या २९,४७४ पुगेकोछ भने भाईरस को संक्रमणबाट मृत्यु हुनेको सन्ख्या २३५२ पुगेको छ। बिगत २४ घन्टामा मात्र ५६३ जनाको मृत्यु भएकोछ, जुन अहिले सम्म को सबै भन्दा बढी मानिएकोछ।

बेलायतको स्वास्थ्य संस्थाले दिनमा दश हजारमा टेष्ट गर्ने योजना अनुरुप हिजो ९७९३ जना को टेस्ट गरिएको थियो, जसमध्ये ४३२४ जनामा कोरोना भाईरस पोजिटिभ पाईएको थियो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार