सुभास भट्ट , बेलायत।

बेलायतको एक अस्पतालमा कार्यरत ७३ स्वास्थकर्मी र अन्य कर्मचारीहरु कोरोना भाइरासबाट संक्रमित भएका छन् ।
बिश्व स्वास्थ सङटन संगठन [WHO] का भुतपुर्ब डाईरेक्टर अन्थोनी कोस्टेलोले आफ्नो ट्विटरमा पोष्ट गर्दै उक्त कुरा को जानकारी गराएका छन् । आफ्नो ट्विटरमा लेख्दै कोस्टेलो भने “१८१ जना कर्मचारीहरु मध्य ७३ जना कोरोना सङ्क्रमित भएका छन् भने अन्य ३१८ जना कर्मचारी हरु बिरामी परेका छन् ।”

अन्थोनी कोस्टेलोका अनुसार बेलायतको अर्मन्ड स्ट्रिट अस्पताल मा माश्कको प्रयोग गर्ने प्रणाली नरहेको र साथै सामाजिक दुरीको पनि पालना नगरिएको कारणले उक्त स्थिति श्रृजना भएको हो।

बेलायत को वालसल मेनर अस्पताल मा कार्यरत ३६ बर्षिय एकजना नर्षको कोरोना भाईरस सङ्क्रमण बाट मृत्यु भएकोछ।
















