कोरोनाभाइरस : अमेरिकामा मिडियालाई अस्पतालमा उपकरणको अभावको सूचना दिने डाक्टर नर्स बर्खास्त !

एजेन्सी।

संयुक्त राज्य अमेरिकाका अस्पताल युनिटहरूले त्यहाँस्थित स्वास्थ्यसेवा पेशेवरहरूलाई चेतावनी दिएका छन् कि यदि उनीहरूले मिडियामा हालको वास्तविक जानकारी खुलासा गरेमा उनीहरुलाई जागीरबाट बर्खास्त गरिनेछ।

अमेरिकाका महामारीको समयमा अस्पतालका इकाईहरूमा काम गर्ने अवस्था वा सामग्रीको अभाव भएको रिपोर्ट गरेमा स्वास्थ्यकर्मीहरूलाई सधैका लागि जागिरबाट निकाल्ने धम्की दिएको ब्लूमबर्गले लेखेको छ ।

डाक्टर मिङ्ग लिनले गत शुक्रबार वाशिंगटन राज्यमा अस्पातलहरुको दयनिय अवस्थाको बारेमा फेसबुक पोस्ट गरे। त्यसपछि उनलाई मिडियाले पछ्याए र उनले मिडियालाई अन्तरवार्ता पनि दिए जहाँ उनले अस्पतालहरुमा प्रयाप्त उपकरण र सुरक्षा सामग्री नभएको विचार व्यक्त गरे। अस्पतालको वास्तविक चित्रण मिडियालाई दिएको आरोपमा उनलाई पदबाट बर्खास्त गरियो। शिकागोमा ड्युरिटीमा हुँदा अर्का एन नर्सले कोरोना संक्रमितहरुको उपचारमा दिनभरी खटिदा एउटै मास्क प्रयोग गर्नुपरेको फेसबुकमा पोष्ट गरिन, र ति नर्सलाई पनि जागिरबाट हटाइयो।

“अस्पतालहरूले नर्सहरू र अन्य स्वास्थ्य पेशेवरहरूको मौन खोज्दै उनीहरूको छवि जोगाउन प्रयास गरिरहेका छन्,” वाशिंगटन राज्य नर्स एसोसिएसनका प्रवक्ता रूथ शुबर्टले भने।

यस्तै घटना चिनमा पनि भएको थियो। चीनमा यस रहस्यमय रोगको बारेमा पहिलो चेतावनी एक डाक्टरले डिसेम्बरको अन्तमा एक अनलाइन च्याट रूममा दिएका थिए, जुन विश्वभरि भाइरल भयो। पछि उनै डाक्टरलाई हप्काइयो र उनले जे गरेका थिए, त्यो अवैध थियो भनेर बताउँदै एक पुलिस स्टेटमेन्टमा हस्ताक्षर गर्न बाध्य पारियो। त्यसको केही समयपछि बिरामी मार्फत रोग सार्दा उसको मृत्यु भयो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार