बेलायतमा ड्युटीमा रहेका प्रहरीको कोरोना सङ्क्रमणबाट मृत्‍यु !

– सुभाश भट्ट | बेलायत

बेलायतमा अहिले कोरोना भाईरसको प्रकोप तिब्र रुपमा फैलिरहेकोछ। हालसम्म ठुलो मात्रामा मानव क्षति समेत व्यहोरीसकेको परिप्रेक्षमा बेलायत सरकार र स्वास्थ संस्था NHS ब्यापकरुपमा देश र जनताका लागि तत्पर रही कार्य गरीरहेका छन् । अहिलेको अवस्थासम्म केही डक्टरहरु र दुई जना नर्षले कोरोनासंग लडदा लडदै आफ्नो ज्यान गुमाईसकेका छन् ।

प्राप्त ताजा जानकारी अनुसार बेलायतको सबै भन्दा ठुलो प्रहरी संगठन “ मेट्रोपोलिटेन पुलिस ” का ड्युटीमा रहेका प्रहरी अधिकारीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको खबरले सबैलाई स्तब्ध बनाएको छ।

प्रहरी संगठन स्कटल्यान्ड यार्डले दिएको जानकारी अनुसार “मेट्रोपोलिटेन पुलिस ” का ५६ बर्षिय प्रहरी अधिकारी जो प्रहरीको सम्पर्क बिभागमा कार्यरत थिए, केही दिन अघी ड्यूटीमा भएको बेला बिरामी भएपछि स्वास्थ्य परिक्षण पश्चात कोरोना भाईरस संक्रमण देखियो र उनको मृत्यु भएको छ। मृत्यु भएका प्रहरी अधिकारीलाई कोरोना भाईरस सङ्क्रमित भएपछी उनी सेल्फ आईसोलेसनमा रहेका थिए।

बेलायतमा कोरोना भाईरस सङ्क्रमित भई मृत्यु हुने प्रहरीमा उनी पहिलो हुन् र साथै अन्य कति प्रहरीहरु सङ्क्रमित भएका छन् भन्ने कुरा हाल प्रहरी संगठन ले जानकारी गराएको छैन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार