कोरोनाका कारण बेलायतमा २ नर्सको मृत्यु ( भिडियो )

लन्डन ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा २ जना नर्सको मृत्यु भएको छ । बितेको पछिल्लो २४ घण्टामा एमीओ राउरके र एरेमा नसरिनको कोरोनाका कारण मृत्यु भएको बीबीसीले जनाएको छ ।

ज्यान गुमाउनेमध्ये एक ३९ र अर्की नर्स ३६ वर्षको रहेको बताइएको छ । एकको क्यूईक्यूएम र अर्कोको वेस्ट मिडल्यान्डमा उपचारका क्रममा ती दुई नर्सको मृत्यु भएको हो ।

बेलायतका चिफ नर्स अफिसर रुथ मेले दुई नर्सको मृत्यु भएको पुष्टि गर्दै घरमै बसेर उनीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न सर्वसाधारणलाई आह्वान गरेको बीबीसीको समाचारमा उल्लेख छ ।

विश्वका अन्य देशजस्तै बेलायत पनि कोरोनासँग जुधिरहेको छ । यहाँ हालसम्म ३ हजार ६ सय ५ जना मानिसको ज्यान गइसकेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार