
फ्लोरिडा विमानस्थलमा आगलागी हुँदा कम्तीमा ३५ सय गाडी ध्वस्त भएका छन् । विमानस्थलको दक्षिण पश्चिम क्षेत्रको घाँसेमैदानमा शुक्रबार सुरुभएको आगलागी १८ घण्टापछिमात्र नियन्त्रणमा आएको थियो ।

सुरुमा ५५ एकड क्षेत्रमा आगो फैलिएको थियो । तर आगो नियन्त्रणमा आउँदासम्म ३५ सय भन्दा धेरै रेन्टल कारमा क्षति पुगेको छ ।
आगलागीपछि फोर्टमेयरको आकाशमा काला धुँवाको मुस्लो देखिएको थियो । भूई र आकाशबाट आगो नियन्त्रणका लागि त्यहाँको बन विभाग र अग्नी नियन्त्रकलाई खटाइएको थियो ।
आगलागीबाट कुनै भौतिक संरचनामा भने क्षति नपुगेको जनाइएको छ । विमानस्थलले फेसबुकमार्फत आगो नियन्त्रणमा मद्दत गर्ने सबैलाई धन्यवाद दिएको छ ।
















