लकडाउनका बेला साइकल यात्रा गर्दा न्यूजिल्याण्डका स्वास्थ्यमन्त्री परे कारवाहीमा

एजेन्सी ।

विश्वभर कोरोना भाइरस अर्थात कोभिड १९ को महामारी फैलिएपछि लकडाउन जारी गरेको मुलुक न्यूजिल्याण्डका स्वास्थ्यमन्त्री डेभिड क्लार्क कारबााहीमा परेका छन् ।

लकडाउनका समयमा साइकल यात्रामा निस्कीएपछि उनलाई प्रधानमन्त्री जाकिन्डा एर्डेनले लकडाउन उलघंन गरेको भन्दै स्वास्थ्यमन्त्रीबाट उपस्वास्थ्यमन्त्रीमा घटुवा गरेका हुन् ।लकडाउनको समयमा परिवारसहित बाहिर निस्कीएको भन्दै न्यूजिल्याण्डमा उनको सर्वत्र बिरोध भएको थियो ।

उनी लकडाउनको बेला परिवारसहित ४० किलोमिटर यात्रा यात्रामा निस्कीएका थिए । मुलुकभरी आफ्नो सर्वत्र आफ्नो आलोचना भएपछि उनले आफूले गल्ती गरेकाे स्वीकार गर्दै आफैँलाई ‘मूर्ख’को संज्ञा दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

“सामान्य अवस्थामा जस्तो भए उहाँलाई निलम्बन गरिने थियो तर कोरोना भाइरसबिरुद्धको लडाइँमा उहाँको साथ चाहिने भएकोले उहाँलाई घटवा मात्रै गरेका छौं, आशा गरेका छौं उहाँले आगामी दिनमा राम्रो काम गर्नुहुने छ”- न्यूजिल्याण्डकी प्रधानमन्त्रीले विज्ञप्ति मार्फत बताएकी छन् ।

न्यूजिल्याण्डमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि त्यहाँको सरकारले चार साता लामो लकडाउनको घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार