कोरोनाको उच्च जोखीममा स्पेनवासी नेपालीहरू हजारौले रोज़गारी गुमाउदै, स्थीती भयावह ।

भोला लामिछाने |

विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण स्पेनमारहेका नेपालीहरु उच्च जोखिममा परेका छन् । स्पेन गत महिनादेखी लक डाउनमा रहे सगै यहा रहेका नेपालीहरु उच्च जोखिममापरेका हुन् । बिशेषगरी स्पेनमा रेगुलरको प्रक्रियामा रहेका ईरेगुलर नेपाली समुदाय निकै दर्दनाक स्थितिमा रहेको छ । यूरोपकाबिभीन्न देशहरूमा विभिन्न भिषामा आई अन्त्यमा यूरोपमै सेटल भई उज्ज्वल भविष्य सजाउने सपना बोकेकाहरू यो समस्यामा परेकाहुन् ।

स्पेनमा ३ वर्ष लगातार बसेर यहा सरकारको नियम पालन गरी बिभीन्न प्रक्रिया पुरा गरेपछी रेसीडेन्स प्राप्त गर्ने गरिन्छ । यही कर्ममारहेका थुप्रै नेपाली समुदायका व्याक्तीहरू स्पेनमा बेरोज़गार बनेका छन् । यो समुदायको लागी स्पेन सरकारले केही गरेको पनी छैनअवैधानिक हरू का लागी लक डाउनले जिवन निकै कष्टकर बनाईदिएको छ । घरभित्रै बसेको धेरै दिन भइसक्यो, अत्यावश्यक कामबाहेक घरबाहिर निस्किएका छैनौँ, बाहीर निस्के पुलीसले फाईन लगाउछ भनेको छ , घरमा रहेको खानाहरू पनी सकीयो सर्वत्रकोरोनाको त्रास छ । कतिबेला के हुने हो, केही थाहा छैन” थुप्रै नेपाली दाजुभाई हरू ले दुखेसो पोखे , यसमा पनी भर्खरै नया आएकानेपालीहरू मुख्य मारमा परेका छन् ।

३ महिना अघी पोल्यान्ड हुदै स्पेन आएका एक जना नेपालमा पश्चिम घर बताउने हेर्दा कलिलो उमेरका भाईको पिडा निकै दर्दनाकथियो । १५ लाख दलाललाई बुझाएर बल्ल बल्ल पोल्यान्ड आएपछी भनेको काम पाईएन त्यहा सगै बस्ने नया साथीहरू स्पेनकोबारेमा कुरा गरेको सुने र केही महिना अगाडी स्पेन गईसकेको एक जना साथीसग सम्पर्क गरेर यहा आएको , आउदा खर्च पनीसकीएको थियो सम्पर्क गरेको साथीले कोठासम्म खोजेर मद्दत त गरिदिए तर उ पनी काम नभएर धेरै महिनादेखी बसिरहेका रैछन् ।त्यै माथी यही समयमा स्पेन पुरै बन्द भयो , घरभित्रै परियो , काम खोज्न उद्योगधन्दा, कलकारखाना, बजार, होटेल रेष्टुरेण्ट हरू बन्दछन् , घरबाट मगाएर खान पनी नसक्ने अवस्था आयो। त्यही माथी बार्सिलोनामा नेपालीलाई कोरोना लागेको समाचारहरूलेपरिवारमा थप चिन्ता थपेको नाम नबताउने सर्तमा बताए ।

कोरोनाका कारण आक्रान्त बनेको स्पेनमा नेपाली समुदायको हीतको लागी नेपाली दुतावास पनी छ तर दुताबासले पिडितका लागीठोस राहत कार्यक्रम ल्याएको देखीएको छैन । स्पेनमा नेपाली समुदायबाट ४० वटा बढी संघ संस्थाहरू रहेका भनीएको छ ४० वटासंस्थाले एउटा संस्थाको तर्फबाट ४० जनालाई नै सहयोग गरे भने १६०० जनालाई राहत उपलब्ध गराउन सक्छ्न यसतर्फ कसैकोध्यान गएको देखीएको छैन ।

स्पेनमा लगभग २ वर्ष भयो दुतावास स्थापना भएको स्पेनको म्याड्डीडमा रहेको नेपाली दुतावासलाई स्पेनमा रहेका नेपालीहरू कतीछन् एकीन डाटा समेत अवगत छैन स्थापना भएको २ वर्ष बढी वितीसक्दा पनी नेपालीहरू कहा कती बसोबास गरेका छन्दुताबाससग कुनै एकीन डाटा नहुनु लज्जाको विषय बनेको छ । जब भयो राती तब बुढी ताती भनेझै स्पेनमा कोरोनाको माहामारीनेपाली समुदायमा छिरेपछी दुतावास नेपालीको तथ्याड्क लिन तम्सियो ।यता नेपालमा ७२ को भूकम्पको दैवी प्रकोप हुदा स्पेनबाटसभा करौड रकम सहयोग गरिएको थियो । यतीबेला स्पेन बासी नेपालीहरू कोरोनाको चपेटामा पर्दा कसैले हेरेका छैनन् । योमहामारी यसरी नै बढ्दै गएमा नेपाल सरकारले स्पेनमा रहेका नेपालीहरूलाई सकुशल स्व्देश मा लग्ने वातावरण बनाउनु पर्ने हुनसक्छ यो नेपाल सरकारको आफ्ना जनता प्रतीको उत्ररदायित्व पनी हो यसबारे ध्यान पनी दिएको छैन ।

अहीले सम्म स्पेनमा कोरोना संक्रमित हुने नेपालीको संख्या १ जना थपीए सगै १९ जना पुगेको छ । भने १ जना ठिक भएर घर फर्केकाछन् ।

स्पेनभरीमा १ लाख ४८ हजार संक्रमित छन् उता उपचारपछी घर फर्कनेमा ४८ हजार २१ जना छन् भने १४ हजार ७ सय ९२ को मृत्यू भैसकेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार