बेलायती प्रधानमन्त्री जोन्सनको स्वास्थ्यमा सुधार, ‘आइसियू’बाट बाहिर निकालिए !

लण्डन ।

चार दिनदेखि लण्डनस्थित अस्पतालमा इन्टेसिभ केयर युनिट (आइसियू) मा राखिएका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई वार्डमा सारिएको छ ।

उनको स्वास्थ्यमा क्रमिक सुधार आएसंगै ‘आइसियू’ बाट वार्डमा सारिएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ । सोमबार राती ‘आइसियू’मा लगिएका प्रधानमन्त्रीलाई विहिबार साँझ वार्डमा फिर्ता ल्याइएको छ ।

गत मार्च २७ मा कोरोना भाइरसको संक्रमण पुष्टी भएका प्रधानमन्त्री जोन्सनलाई लक्षणहरु कायम रहेपछि गत आइतबार लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । अवस्था जटिल बनेको भन्दै एक दिनपछि उनलाई ‘आइसियू’मा राखिएको थियो ।

चार दिनसम्म ‘आइसियू’मा राखिएका उनलाई अक्सिजनको सहयोग दिइएपनि भेन्टिलेटरमा राखिएको थिएन । उनले कुनै अरु सहयोगबिनै श्वासप्रश्वास पनि गरिरहेका थिए ।

आइसियूबाट बाहिर आएपनि अहिलेको लागि प्रधानमन्त्री चिकित्सकको विशेष निगरानीमा अस्पतालमै रहनेछन् । उनी अझै कति दिन अस्पताल बस्नुपर्ने भन्ने बारे कुनै जानकारी गराइएको छैन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार