युरोपमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघ्यो

एजेन्सी ।

कोविड –१९ को संक्रमणको कारण युरोपभरीमा ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघेको एएफपी समाचार समितिले बुधबार जानकारी दिएको छ ।

यो समाचार तयार तयार पारुन्जेलसम्म युरोपमा कोरोना भाइरस सक्रमितको संख्या १२ लाख ४६ हजार ८४० रहेको छ । यसमा १ लाख १० हजार १९२ जनाको ज्यान गएको बताइएको छ । युरोप कोरोना भाइरसको संक्रमणको कारण अत्यन्त प्रभावित महादेशमा पर्दछ ।

कोरोना भाइरसको संक्रमणको कारण इटालीमा २४ हजार ६४८, स्पेनमा २१ हजार ७१७, फ्रान्समा २० हजार ७९६ र बेलायात १७ हजार ३३ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसको संक्रमणको कारण पोर्चुगलमा हालसम्म ७८५ ले ज्यान गुमाएका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार