स्पेनमा आपतकाल लम्बियो

बार्सिलोन।

कोरोना भाइरस संक्रमणसँग जुधिरहेको स्पेनले आपतकाल लम्ब्याउँदै मे ९ सम्म पूर्याएको छ।

बिहीबार स्पेनका राष्ट्रपतिले राखेको प्रस्ताव संसदले पास गर्दै आपतकालको अवधी मे ९ सम्म कायम गरेको हो।

स्पेनले तेस्रो पटक आपतकालको अवधी बढाएको हो।

उसले मार्च १४ मा पहिलोपटक कोरोना संक्रमण फैलन नदिन आपतकालको घोषणा गरेको थियो।

संसदले स्पेन भित्र र बाहिर हिडडुलमा समेत कडाई जारी नै राखेको छ।

स्पेन कोरोना भाइरस संक्रमित देशको सूचीमा दोस्रो स्थानमा छ।

पछिल्लो समय नयाँ संक्रमित फेला पर्ने र अस्पताल भर्ना हुने दर घटे पनि संक्रमण फैलने जोखिम कम भइसकेको छैन।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार