काठमाडौं |

कोरोना भाइरसका कारण शनिबारसम्म ज्यान गुमाउनेको संख्या दुई लाख पुगेको छ। शनिबार रातिसम्ममा विश्वभरमा ज्यान गुमाउनेहरुको संख्या २ लाख ४ सय ३० पुगेको हो।
कोरोनाका कारण अमेरिकामा मात्रै ५२ हजार ८३८ ले ज्यान गुमाएका छन् । अमेरिकामा संक्रमितको संख्या नै ९ लाख २९ हजार ६३७ पुगेको छ।
कोरोना भाइरसबारे अपडेट दिइरहेको वर्ल्डो मिटर डट इन्फोका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या २८ लाख ६७ हजार ९ सय ८४ पुगेको छ। यसका साथै कोरोना ठीक भएर घर फर्किनेको संख्या पनि ८ लाख १९ हजार ३१० पुगेको छ।
कोरोनाका कारण अमेरिकापछि इटालीमा २६ हजार ३८४ ले ज्यान गुमाएका छन्। इटालीमा शुक्रबार ४१५ जनाको मृत्यु भएको छ। त्यहाँ संक्रमितको संख्या एक लाख ९५ हजार ३५१ छ।
इटालीपछि स्पेनमा २२ हजार ९०२ ले ज्यान गुमाएका छन्। तर त्यहाँ इटालीमा भन्दा धेरै दुई लाख २३ हजार ७५९ जना संक्रमित छन्। इटालीमा निको भएर घर फिर्नेको संख्या ६३ हजार १२० छ।
फ्रान्समा २२ हजार २४५ ले ज्यान गुमाएका छन्। त्यहाँ एक लाख ५९ हजार ८२८ जना संक्रमित छन् भने ४३ हजार ४९३ निको भएर घर फिरेका छन्। फ्रान्सपछि बेलायतमा २० हजार ३१९ ले ज्यान गुमाएका छन्। त्यहाँ एक लाख ४८ हजार ३३७ संक्रमित छन्। बेलायतमा शुक्रबार ८१३ जनाले ज्यान गुमाए। बेलयातमा ३० जना नेपालीले पनि ज्यान गुमाइसकेका छन्।
















