लन्डन।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन बाबु बनेका छन्। उनको फियान्सी क्यारी सिमन्ड्सले बुधबार सन्तान जन्माएकी हुन्। बेलायतको समयअनुसार बुधबार बिहान जन्मिएका बालक र आमाको स्वास्थ्य राम्रो रहेको सिएनएनले जनाएको छ।
कोरोना भाइरस संक्रमणबाट गम्भीर भएर आइसियुमै भर्ना हुनुपरेका बोरिस उपचारपछि निको भएर सोमबारबाट नियमित काममा फर्किएका थिए। उनकी गर्भवती फियान्सी आफैं आइसोलेसनमा बसेकी थिइन्।
यी दुवैले विवाह भने गरेका छैनन्। सन् २०२० फेब्रुअरीमा दुवैले विवाह गर्ने घोषणा भने गरेका थिए। बोरिसको यो पहिलो सन्तान भने होइन। दोस्रो श्रीमतीबाट उनका चार सन्तान छन्। राजनीतिक गतिविधीमा सघाउँदै आएकी क्यारीसँग उनी निकट भएका थिए। डिभोर्सपछि यी दुवै सँगै बस्दै आएका थिए।
















