ब्रसेल्स।

बेल्जियमका प्रधानमन्त्री सोफी विल्म्सको ब्रसेल्सको सेन्ट-पियरे अस्पतालमा आधिकारिक भ्रमणका क्रममा त्यहाका स्वास्थ्यकर्मी र कर्मचारीहरुले पिठ्यु फर्काएर बिरोध र आक्रोश व्यक्त गरेका छन्।
बेल्जियमको सरकारले कोरोनाभाइरस महामारीमा देशको उच्च मृत्यु दर र व्यवस्थापनमा गरेको कमजोरीको आलोचना गर्दै बिरोधको उक्त शैली अपनाईएको बुझएको छ।

सरकारको कोरोना महामारीमा व्यवस्थापनमा भएको कमजोरीका कारण औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्रीलाई स्वागत गर्नुको सट्टा पिठुयु फर्काएर असन्तुष्टी जनाएको स्वास्थ्यकर्मीहरुले जनाएका छन्।
















