लिस्बन।

पोर्चुगल र युरोपकै एक प्रसिद्ध फुटबल क्लब बेन्फिकाका एक पूर्व खेलाडी डेनियल केनेडीले रुदै आफुले क्यासिनोमा सबथोक गुमाएको बताएका छन्।
४६ बर्षीय केनेडीले यसभन्दा अगाडी क्यासिनोको लत र त्यसले निम्त्याएको दुरावस्थाको बारेमा कहिल्यै बाहिर ल्याएका थिएनन्।
केनेडीले भावुक हुदै र आँखाबाट आँशु खसाल्दै भने , ” मलाई मेरो परिस्थितिको बारेमा बोल्न निकै गाह्रो भईरहेको छ। केही बर्ष अगाडी मैले क्यासिनोमा जुवा खेल्न शुरु गरे र बिस्तारै मेरो लत बस्यो।
उनले अगाडी भने , ” क्यासिनोले लतले जुवा खेल्दाखेल्दै मैएल सबथोक गुमाए। क्यासिनोकै कारण मैले फुटबल छोड्नुपर्यो। क्यासिनो र जुवाकै कारण मैले धेरै राम्रा राम्रा पोजेक्टहरु गुमाए। आज मसंग केही बाँकी छैन अब , मैले क्यासिनोमै सबथोक गुमाए। ”
















