विश्वभर आत्महत्या गर्ने ४० प्रतिशत महिला भारतीय !

एजेन्सी ।

विश्वभरमा अत्महत्या गर्ने प्रत्येक चार मध्ये दुई महिला भारतीय हुने गरेको लान्सेन्टको अध्ययनमा प्रकाशित डाटाले जनाएको छ । रिसर्चका अनुसार भारतको आत्महत्या दरले पछिल्लो समय सार्वजानिक स्वास्थ्य संकटको रुप लिइरहेको छ । भारतीय महिलाहरुमा आत्महत्याबाट मृत्यु हुनेको सङ्ख्या १९९० पछि कम हुँदै गएपनि विश्वका अन्य भूभागको तुलनामा सो नतिजा धेरै सुस्त रहेको छ । ‘ग्लोबल फिमेल सुसाइड देथ’ का अनुसार भारतमा महिलाहरुको आत्महत्या दरले विश्वव्यापी ३६.६ प्रतिशत प्रतिनिधित्व गरिरहेको छ ।

यसमा पनि आत्महत्या गर्ने प्रायः भारतीय महिलाहरु विवाह गर्न लागेका, विकसित स्टेटमा बसोबास गर्ने र ठूलो मार्जिनले ३५ वर्ष भन्दा कम उमेरका हुने गरेको पाइएको छ । यसबारे ‘पपुलेसन फाउन्डेसन अफ इन्डिया’ की कार्यकारी निर्देशक पुनम मुर्तजा भन्छिन्, “यसले भारतमा महिलाहरु गम्भीर समस्यामा रहेको देखाउँछ ।” उनी सहित अन्य विज्ञहरुले पनि यसमा उमेर नपुग्दै विवाह गर्ने ट्रेन्डलाई जिम्मेवार ठहर्याएका हुन् । अझै पनि भारतमा एक चौेथाइ भन्दा धेरै महिलाहरुले १५ वर्ष अगाडि नै विवाह गर्ने गरेका छन् । यसरी पुरुष प्रधान संस्कृति व्याप्त भएकाले नै भारतमा यो परम्परा हट्न सकेको छैन ।

भारतसँग समान सामाजिक अर्थतन्त्र र भूगोल भएका अन्य मुलुकहरुको तुलनामा त्यहाँ महिलाहरुको आत्महत्या दर तीन गुणा बढी रहेको अनुसन्धानकर्ताहरुको भनाइ छ । मुतर्जा भन्छिन्, “हाम्रा सामाजिक नीति नियमहरु अत्यन्तै आक्रामक किसिमका छन् । जस्तै कुनैपनि ग्रामीण क्षेत्रमा एउटी महिलालाई जन्मिएपछि तिनको पिताका नामले बोलान्छ भने विवाह पछि पतिको नामले अनि छोरा भएपछि छोराको आमा भनेर बोलाउने चलन रहेको छ । ”

उनको संस्थाले सञ्चालन गरेको उक्त रिसर्चमा पनि ६२ प्रतिशत महिलाले आफ्ना पतिबाट शारीरिक हिंसाको शिकार हुने गरेको देखाएको हो । त्यसैले पनि भारतमा आत्महत्या र विवाह एकअर्कासँग सम्बन्धित रहेको अनुसन्धानको निष्कर्ष छ । महिलाहरुले कम उमेरमै आमा बन्नुको जिम्मेवारी उठाउनुपर्ने, त्यस्तै कमजोर सामाजिक स्तर र आर्थिक रुपमा पतिमा निर्भर रहनुपर्ने भएकाले पनि उनीहरु घरेलु हिंसाको शिकार भएर बस्नुपर्ने बताइएको छ । त्यसैगरी अध्ययनले भारतमा आत्महत्या र दुव्र्यवहारका घटना डाटामा उल्लेखित भन्दा बढी रहेको पनि बताएका छन् । यसमा अधिकांश परिवारहरुले सामाजिक कारणले यस किसिमका घटना लुकाउने गरेको उनीहरुले बताए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार