मुम्बई।

बलिउड अभिनेता अमिताभ बच्चन कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।
पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनी अस्पतालबाट डिस्चार्ज भएका छन् । अहिले भर्खर ट्विट गर्दै उनले सबैलाई धन्यवाद दिएका छन् ।
अमिताभसहित उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि कोरोना संक्रमण भएको थियो । उनीहरु सबै संक्रमणमुक्त भइसकेका छन्।
गएको असार २७ मा अमिताभ कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका थिए ।
















