नयाँ दिल्ली ।

भारतमा एकैदिन ७७ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको छ । सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार दुई सय ६६ जनामा कोरोना संक्रमण देखिएको हो ।
केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एक दिनमा एक हजार ५७ जनाको कोरोनाका कारण मृत्यु भएको जनाएको छ ।भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६१ हजार पाँच सय २९ पुगेको मन्त्रालयका अधिकारीले जनाएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा अहिलेसम्म झण्डै ३४ लाख मानिस सङ्क्रमित भएका छन् । मन्त्रालयको तथ्यांकअनुसार देशभर हालसम्म ३३ लाख ८७ हजार पाँच सय एक जना सङ्क्रमित भएका हुन् ।
कुल सङ्क्रमितमध्ये सात लाख ४२ हजार २३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने २५ लाख ८३ हजार ९४८ जना सङ्क्रमणमुक्त भएका छन् । सबैभन्दा धेरै सङ्क्रमित रहेको महाराष्ट्र प्रदेशमा सङ्क्रमितको संख्या एक लाख ७८ हजार ५६१ पुगेको छ ।त्यसैगरी दोस्रो धेरै प्रभावित रहेको आन्ध्र प्रदेशमा अहिले ९४ हजार २०९ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।
















