तीन वर्षीया बालिका चंगासँगै आकाशमा उडेपछि …

एजेन्सी।

ताइवानमा तीन वर्षीया बालिका चंगासँगै उडेकी छिन्। ताइवानको सिन च्यू शहर नजिकै रहेको समुन्द्री किनारमा अायोजित चंया उत्सवमा ती बालिकाले भाग लिइरहेकी थिइन्। तर अचानक हावाको वेग तीव्र भएपछि उनी सुन्तला रङको चंगासँगै उडेकी थिइन्।

उक्त घटनालाइ लिएर ताइवानका स्थानीय मिडियाहरूल महत्वका साथ देखाएका छन् भने ती बालिका हावामा उड्दै गरेको भिडियो समेत सेयर गरेका छन्। सामाजिक सञ्जालमा उक्त भिडियो अहिले भाइरल भइरहेको छ।

समुन्द्री किनारमा दर्जनाै चंगा उडाउने र उनीहरूको परिवार साथमै गएका थिए। चंगा उडाउने समय सबैजना खुसी देखिएका थिए।तर अचानक ती बालिका चंगामा एक्कासी ३० सेकेण्डभन्दा बढी यताउता घुमेकी थिइन्। त्यसपछि अपरेटरले चंगासँगै उडेकी बालिकालाइ मानिसहरूकै भीडमा झारिएको थियो।तर उनलाइ कुनै पनि शारिरिक चोटपटक भने लाग्न पाएन।

स्थानीय सरकारी अधिकारी झाङ लीले भनेका छन्, ‘तीव हावाको वेगले बालिकाको चंगाको पुच्छरले चारैतिरबाट बेर्यो।तर अायोजकहरूले ५०-६० मिटरको दूरीमा बस्न भने पनि अकस्मात उक्त ङटना हुन गयो।’

यो घटनाप्रति आयोजकले सार्वजनिक रूपमा माफी मागेको छ भने यस्तो घटना हुन नदिन समीक्षा गर्ने बताएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार