लिस्बन।

‘सरप्राइज बेबीशावर पार्टी’मा कोरोना संक्रमित हुँदा एक गर्भवती आमाको मृत्यु भएको छ।
कमिला ग्र्यासियानो कोरोना महामारीको सुरुदेखि नै निकै सजक थिईन् र गर्भवती भएसंगै सधै घरपरिवारमा मात्रै बस्दै आएकी थिइन्। तर एक दिन अचानक एक हुलमा आएका उनका साथीहरुले दिएको ‘सरप्राइज बेबीशावर पार्टी’ ले यस दुर्घटनालाई निम्त्यायो ।
ब्राजिलको एनापोलिसमा बस्ने ३१ बर्षीया गर्भवती कमिला ग्र्यासियानोको कोभिड १९ का कारण मृत्यु भयो। उनलाई ‘सरप्राइज बेबीशावर पार्टी’ दिन घरमै आएका एक साथीबाट कोरोना संक्रमण भएको थियो।
कमिला ग्रासियानो एक शिक्षिका थिईन्। उनले कोरोना रोकथाम र सुरक्षाका सबै उपायहरू अपनाएकी थिईन्। साथीभाइहरू र सहकर्मीहरूले उनलाई उनी खुशी पार्न गर्भावस्थाको आठौं महिनामा दिएको ‘सरप्राइज बेबीशावर पार्टी’ नै उनका लागि घातक साबित भयो।
पार्टीको तीन दिनपछि कमिलामा कोरोनाका लक्षणहरु देखा परे र उनलाई अस्पतालमा उपचारका लागि लगियो। कमिलाको स्वस्थ्यमा आएको जटिलताले गर्दा चिकित्सकहरुले अप्रेशन गरेर बच्चालाई नयाँ जन्म दिए तर आमालाई बचाउन सकेनन् किन कि उनको फोक्सोमा गम्भीर असर परिसकेको थियो।
चिकित्सकहरुका अनुसार नवजात शिशुमा कोरोना संक्रमण छैन र उनी अस्पतालमै डाक्टरहरूको हेरचाहमा छन्।
















