नोवल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मनोनित

वासिंगटन डिसी।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२१ को नोवल शान्ति पुरस्कारका लागि मनोनित गरिएको छ ।

विश्वभरिको द्वन्द्व समाधानका लागि भएका ट्रम्पका प्रयासका प्रशंसा गर्दै आएका नर्वेली संसदका विधायक क्रिस्टियन टाइव्रिन्ग– जेद्धेले उनलाई छनौट गरेका हुन् । चार पटक संसदका सदस्य बनिसकेका नेटो संसदिय सभाका लागि नर्वेली प्रतिनिधिमण्डलका अध्यक्ष जेद्धेले अमेरिकी राष्ट्रपति ट्रम्पलाई दावेदारको रुपमा लिएका छन् ।

उनले अन्य नोवल शान्ति पुरस्कारका दावेदारको तुलनामा ट्रम्पले राष्ट्रहरुबिच शान्ति स्थापना गर्न सबैभन्दा बढि प्रयास गरेको दाबी गरेका छन् ।

संयुक्त अरव इमिरेटस युएइ र इजरायलबिचको ऐतिहासिक कुटनीतिक सम्बन्ध स्थापना गर्न ट्रम्पले महत्वपूर्ण भुमिका निभाएको उनको भनाई छ ।q

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार