अफगानी सरकार र विद्राही तालिबानीबीच कतारमा वार्ता शुरू

दोहा।

अफगानिस्तान र विद्रोही समूह तालिबानबीच कतारको दोहामा शान्ति वार्ता शुरु भएको छ । वर्षौदेखिको युद्ध अन्त्यका लागि शुरु भएको वार्ताले शान्ति स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको बताइएकाे छ ।

वार्ताको मध्यस्थताका लागि कतार पुगेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले वार्तालाई ऐतिहासिक बताउनुभएको छ । पोम्पेओले अफगानिस्तान सरकार र तालिबानबीचको वार्ता सबैभन्दा लामो युद्ध अन्त्य गर्ने अमेरिकाको एउटा पहल भएको बताउनुभएको छ ।

अमेरिका तालिवान सुरक्षा सम्झौता अनुसार शान्ति वार्ता शुरु भएको हो । गत फेब्रुअरीमा तालिबान र अमेरिकाबीच कतारको राजधानी दोहामा भएको सम्झौतापछि अफगान सरकार र तालिबान समूहबीच वार्ता शुरु भएको हो । यसअघि मार्च महिनामा गर्ने भनिएको वार्ता विवादास्पद कैदीको रिहाईमा भएको ढिलाईका कारण पछि सरेको थियो ।

वार्ता सफल भएमा अफगानिस्तानमा चार दशकदेखि भइरहेको हिंसा अन्त्य हुने विश्वास विश्व समुदायले लिइएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार