– जीएनएन , लन्डन।

बेलायतमा कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि सरकारले पुनः कडा नियमहरु ल्याएको छ ।
प्रधानमंत्री बोरिस जोन्सनले संसदमा बोल्दै उक्त जानकारी दिएका हुन् ।
नया नियम अनुसार पसलमा काम गर्ने स्टाफहरुले, ट्याक्सी ड्राइभर र कस्टमरले पनि मास्क लगाउनु पर्ने छ ।
अत्यावस्यक सेवा , निर्माण र पसल बाहेक घरबाट गर्न सम्भव हुने कामहरु अब घरैबाट गर्नु पर्ने छ । विवाहमा यस अघि ३० जना जम्मा हुन पाउने नियम रहेकोमा अब बढीमा १५ जना मात्र जम्मा हुन पाउने छन् ।
अब मास्क नलगाउने र सार्वजनिक ठाउँमा जम्मा हुनेलाई गरिने जरिवाना १०० बाट बढाएर £२०० बनाईएको छ । स्थिति काबुमा नआए यो भन्दा अझ कडा नियम ल्याईने प्रमले स्पस्ट पारे ।
आगामी बिहिबार देखि रेस्टुरेन्ट , बार तथा पबहरुले टेबल सर्भिस मात्र गर्ने पाउने छन् भने काउन्टरमा लाइन राखेर ब्यापार गर्न पाउने छैनन् ।
बेलुकी १० बजे पब रेस्टुरेन्टहरु बन्द गरिसक्नु पर्ने छ । फुटबल लगायत खेल हेर्न अक्टोबर १ सम्म प्रतिबन्ध लगाईएको छ । साथै ६ जना सम्म जम्मा हुन र हिड्न पाइने नियम प्रतिबन्ध लगाईएको छ ।
यसैक्रममा कोरोना भाइरससंग सम्बन्धित मृत्यु यस साता जम्मा १% मात्र रहेको जुन हालको कम रहेको बताईएको छ । हाल सम्म इंगल्याण्ड र वेल्समा कोभिड -१९ का कारण ५१, ८१८ जनाको मृत्यु भएको बताईएको छ ।
















