चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार तीनजनालाई

काठमाडौं ।

सोमबारदेखि प्रतिष्ठित नोबेल पुरस्कार घोषणा सप्ताह शुरु भएको छ ।

पहिलो दिन सोमबार सन् २०२० को चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार घोषणा गरिएको छ । एक कार्यक्रमका बीच स्विडिस एकेडेमीले चिकित्सातर्फको नोबेल पुरस्कार विजेता घोषणा गरेको हो । चिकित्सा विज्ञान पुरस्कार यस वर्ष तीन जना वैज्ञानिकलाई संयुक्त रुपमा दिइने भएको छ ।

‘हेपाटाइटिस सी’लाग्नुको कारण तथा उपचार विधि पत्ता लगाउँदै लाखौं मानिसहरुको जीवन जोगाएका तीन जना वैज्ञानिक हार्भी जे एल्टर, माइकल हटन र चार्ल्स एम राइसलाई दिइएको हो । विजेतालाई स्वर्ण पदक र संयुक्त रुपमा ११ लाख १८ हजार अमेरिकी डलर दिइनेछ । हार्भी र राइस अमेरिकी नागरिक हुन् भने हटन बेलायती नागरिक हुन् ।

चिकित्सा विज्ञानतर्फ पहिलो नोबेल पुरस्कार सन् १९०१ मा इमिल भोन बेहरिङले पाएका थिए । ‘सिरम थेरापी’ विकास गरेका कारण उनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिइएको थियो । त्यस्तै चिकित्सा विज्ञानका लागि कम उमेरमा नोबेल पुरस्कार पाउने व्यक्ति फ्रेडरिक ब्यान्टिङ हुन् । सन् १९२३ मा जोन जेम्स रिकार्ड म्याकलिओडसँगै चिकित्सा विज्ञानका लागि नोबेल पुरस्कार पाएका उनी त्यसबेला ३२ वर्षका थिए ।

सन् २०१९ मा चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार बेलायतका सर पिटर रÞ्याक्लिफ तथा अमेरिकाका विलियम कायलिन र ग्रेग सिमेन्जालाई दिइएको थियो । उनीहरुले कोषहरुले अक्सिजनको मात्रालाई कसरी चिन्छन् र अंगीकार गर्छन् भन्ने कुरा पत्ता लगाएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार