फ्रान्समा कोरोना कहरः एकैदिन ३३ हजार बढी संक्रमित थप

पेरिस।

चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरस विश्वका केही मात्र राष्ट्र छाडेर सबै देशहरुमा फैलिएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा ४ करोड ४२ लाख ३४ हजार १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

११ लाख ७१ हजार २६० जनाले यस भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् । विश्वका ३ करोड २४ लाख ४१ हजार ९५९ संक्रमित निको भएका छन् ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ३३ हजार ४१७ जना संक्रमित थपिएका छन् ।

हालसम्म कोरोना संक्रमणबाट ३५ हजार ५४१ जनाको मृत्यु भएको छ । यस्तै १ लाख १२ हजार ७१६ संक्रमित निको भएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार