बलिवउड अभिनेत्री अमिषा पटेलमाथि बलात्कार प्रयास

मुम्बई ।

बलिउड अभिनेत्री अमिषा पटेलले बिहारको निर्वाचनमा लोक जनशक्ति पार्टीका उम्मेदवार डा प्रकाश चन्द्रले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् ।

लोक जनशक्ति पार्टीकै चुनावी अभियानका लागि बिहार पुगेकी अभिनेत्री पटेलले उम्मेदवार प्रकाशचन्द्रले आफूलाई ब्ल्याकमेल र दुव्र्यवहार गरि धम्की समेत दिएको भारतीय सञ्चार माध्यमहरुलाई बताएकी छिन् । बिहार भ्रमण आफ्नो जीवनकै विर्सनलायक क्षण भएको उल्लेख गर्दै अभिनेत्री पटेलले आफू बलात्कार र हत्याको निकटसम्म पुगेको दाबी गरेकी छिन् ।

‘ममाथि कि बलात्कार हुन्थ्यो कि मारिन्थें’,पटेलले भनिन्–’मुस्किलले ज्यान जोगाएर मुम्बई फर्किन सफल भएँ ।’

उनले एक सञ्चारमाध्यमलाई दिएको अडियो बयान अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार