‘सेल्फ हेल्प’ गुरु कीथ रेनियरलाई यौन शोषण अपराधमा १२० वर्षको जेल सजाय

काठमाडौँ।

आफुलाई सेल्फ हेल्प गुरु बताउने र महिलालाई सेक्स स्लेभ बनाउने कीथ रेनियरलाई अमेरिकाको एक अदालतले १२० वर्षको जेल सजाय सुनाएको छ । उनीमाथि कैयौँ महिलाहरुलाई सेक्स स्लेभ बनाउने र यौन शोषण गरेको आरोप लागेको थियो ।

रिपोर्टका अनुसार कीथका कैयौँ धनी व्यक्तिहरु अनुयायी रहेका छन् । मंगलबार न्युर्योकको एक अदालतले उनलाई दोषी सावित गर्दै १२० वर्षको जेल सजाय सुनाएको हो ।

उनी आफ्नो सेशनका लागि ५००० डलर फि लिदै आइरहेका थिए । कैयौँ महिलाहरुले उनीमाथि ठगीमात्रै नभई यौन शोषण समेत गरेको आरोप लगाएका थिए ।

उनले एक पिरामिड स्ट्रकचरमा काम गर्दै आइरहेका थिए जसमा उनले महिलाहरुलाई यौनदासी बनाउँदै आएका थिए भने आफु ग्राण्ड मास्टर बनेका थिए । यी महिलाहरुसँग कीथले अनिवार्य सेक्स सम्बन्ध बनाउने नियम राखेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार