टर्की र ग्रिसमा गयो ७ म्याग्निच्युडको भूकम्प

इस्तानबुल।

टर्की र ग्रिसमा आज शुक्रबार ७ म्याग्निच्युडको भूकम्प गएको छ। टर्कीको एजियन सागर र ग्रिसको सामोस टापुनजिकै केन्द्रविन्दु भएर उक्त भूकम्प गएको जनाइएको छ।

टर्कीका आन्तरिक मन्त्री सुलेमान सोयलुले ट्वीटरमा भने, ‘हामीले अहिलेसम्म छवटा ध्वस्त भवनहरूको बारेमा सूचना प्राप्त गरिसकेका छौं। इज्मीर प्रान्तमा यो शहर पनि समावेश छ ।’

त्यस्तै वातावरणीय मन्त्री मुरत कुरुमले भने, ‘पाँच वटा ध्वस्त भवनहरूको बारेमा सूचना प्राप्त भएको छ । हाम्रो केही नागरिकहरू फोहोरमैलामा फसेका छन्।’

ग्रिसको सामोस टापुमा भूकम्पले ‘मिनी सुनामी’ उत्पन्न गरेको बताइएको छ। भूकम्पको धक्का एथेन्स र इस्तानबुलसम्म महसुस गरिएको थियो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार