फ्रान्स दोश्रोपटक लकडाउन भएपछि राजधानी पेरिस छाड्नेको लाग्यो ताती, ७ सय किलोमिटरसम्म ट्राफिक जाम

पेरिस ।

कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा दोस्रो चरणको लकडाउनको घोषणा गरिएको छ । लकडाउनको घोषणा भएलगतै राजधानी पेरिस छाड्नेको संख्या ह्वात्तै बढेको छ ।

फ्रान्समा आजदेखि लकडाउन कार्यान्वयनमा आउने भएपछि राजधानी छोड्नेहरुको संख्या बढेको जनाइएको छ । उनीहरुको कारण ७ सय किलोमिटरसम्म लामो ट्राफिक जाम भएको बताइएको छ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि आज रातिदेखि फ्रान्समा दोस्रो चरणको लकडाउन सुरु हुने भएको हो । यस समयमा त्यहाँको स्थानीयले अति आवश्यक बाहेक घरबाहिर निस्कन पाउने छैनन् ।

फ्रान्समा पछिल्लो दिन कोरोना सङ्क्रमितहरुको संख्या वृद्धि हुनुको साथै मृत्यु हुनेहरुको दर पनि बढ्दै गएको छ । बीबीसीका अनुसार त्यहाँ हिजो बिहीबार मात्रै साढे ४७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको थियो भने २ सय ५० जनाको मृत्यु भयो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार