क्यानडाको क्यूबेकमा अन्धाधुन्ध आक्रमणः दुईजनाको मृत्यु, पाँचजना घाइते

क्यूबेक |

क्यानडाको क्यूबेक शहरमा अन्धाधुन्ध धारिलो हतियार प्रहार हुँदा दुईजनाको ज्यान गएको छ । अरु पाँचजना घाइते भएका छन् ।

स्थानीय समय अनुसार शनिबार राति प्राचीन पोशाकमा रहेका व्यक्तिले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले स्थानीय बासिन्दालाई घर बाहिर ननिस्कन भनेको छ ।

मध्यरातमा भएको घटनापछि एक युवालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान जारी रहेको भन्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार