अमेरिकी निर्वाचन : तोडियो १२० वर्षको कीर्तिमान

न्युयोर्क।

अमेरिकाको राष्ट्रपति निर्वाचनमा १२० वर्ष पुरानो कीर्तिमान तोडिएको छ ।

चुनाव निगरानी गर्ने वेबसाइट यूएस इलेक्सन प्रोजेक्टको आरम्भिक अनुमान अनुसार यस वर्ष २३ करोड ९० लाख मानिस मतदान गर्न योग्य थिए । तीमध्ये लगभग १६ करोड मानिसले मताधिकार प्रयोग गरे ।

हुलाकबाट मतपत्र अझै पनि आइरहेकाले उक्त संख्या बढ्न सक्ने बताइएको छ ।

मंगलवार भएको चुनावमा ६६.९ प्रतिशत मतदान भएको बताइएको छ । यसअघि सन् १९०० मा ७३.७ प्रतिशत मतदान भएको थियो ।

सन् २०१६ को निर्वाचनमा ५६ प्रतिशत मतदान भएको थियो ।

इलेक्सन प्रोजेक्टका अनुसार, मिनेसोटा र मेन राज्यमा सर्वाधिक ७९.२ प्रतिशत मतदान भयो । त्यसपछि आयोवामा ७८.६ प्रतिशत मतदान भएको छ ।

ट्रम्पले मेन र आयोवा जिते भने बाइडनले मिनेसोटामा जीत हासिल गरे ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार