बेलायतमा कोरोनाका कारण ५० हजार बढीको मृत्यु , १४ हजार १९६ अस्पताल भर्ना !

लन्डन ।

बेलायतमा कोरोना संक्रमबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । योसँगै ५० हजार भन्दा बढी संक्रमितको मृत्यु हुने युरोपियन मुलुकमा बेलायत पहिलो मुलुक बनेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा थप ५९५ जान कोरोना संक्रमितको मृत्यु भएपछि बेलायतमा मृतक संख्या ५० हजार ३६५ पुगेको हो ।

कोरोना संक्रमणको दोस्रो लहरपछि एकैदिन यत्तिका धेरै मृत्यु भएको यो पहिलो रेकर्ड हो । अघिल्लोलो दिन मंगलबार ५३२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । विश्वभरमा कोरोनाका कारण ५० हजारभन्दा बढी मृत्यु हुने मुलुकमा अमेरिका, ब्राजिल, भारत र मेक्सिको पछि बेलायत पाँचौं स्थानमा रहेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप २२ हजार ९५० जना नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य विभागले जानेको छ । योसँगै हालसम्म बेलायतमा कोरोना संक्रमितको संख्या १२ लाख ५६ हजार ७२५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा एक हजार ५१८ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएको मन्त्रालयले जनाएको छ । हाल एक हजार २१९ जनालाई उपचारार्थ ‘भेन्टिलेटर बेड’ मा राखिएको छ । अस्पतालमा उपचार गराइराखेका कोरोना संक्रमितको संख्या १४ हजार १९६ पुगेको छ । कोरोना संक्रमणका कारण हस्पिटल भर्ना हुनेको संख्या पछिल्ला दिनहरुमा निरन्तर बढ्दै गैरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार