मुम्बई ।

बलिउडका अर्का अभिनेता आसिफ बसराले आत्महत्या गरेका छन् । उनले बिहीबार हिमाञ्चल प्रदेशको धर्मशालामा आत्महत्या गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
धर्मशालामा भाडाको घरमा बस्दै आएका अभिनेता आसिफले विहीबार बिहान ११ः३० बजे आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले बिहान १२ः३० बजे आत्महत्याको जानकारी पाएको बताएको छ ।
थुर्पै चर्चित टेलिभिजन र फिल्ममा काम गरेका आसिफको शव पोष्टमार्टमको लागि पठाइएको छ । प्रहरीका अनुसार उनी झुण्डिएको अवस्थामा भेटिएका थिए ।
यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















