बेलायतमा कोरोनाले एकै दिनमा ५९८ को मृत्यु

लन्डन ।

बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट ५९८ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणको दोस्रो लहरपछि एकैदिन यत्तिका धेरै मृत्यु भएको यो नै पहिलो हो । यो संख्या गत मे पछिकै सबै भन्दा बढी हो । हालसम्म कोरोनाका कारण बेलायतमा ५२ हजार ७४५ जनाको ज्यान गैसकेको स्वास्थ्य विभागले जनाएको छ ।

यसैगरी २४ घण्टाभित्र २० हजार ५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै बेलायतमा कोरोना संक्रमित हुनेको कुल संख्या १४ लाख १० हजार ७३२ जना पुगेको छ । कोरोना संक्रमणका कारण हस्पिटल भर्ना हुनेको संख्या पनि निरन्तर बढ्दै गएको छ ।

पछिल्लो २४ घन्टामा एक हजार ६०१ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएको मन्त्रालयले जनाएको छ । हाल एक हजार ३९१ जनालाई उपचारार्थ ‘भेन्टिलेटर बेड’ मा राखिएको छ । हस्पिटलमा उपचार गराइराखेका कोरोना संक्रमितको संख्या १५ हजार ८३० पुगेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार