लण्डन ।

बेलायतमा ब्यस्त फुटपाथमा यौ’नसम्पर्क गर्ने एकजनालाई ११ हप्ताको जेल सजाय तोकिएको रोचक समाचार सार्वजनिक भएको छ । मध्य दिउसो एक महिलासँग फुटपाथमै यौन सम्पर्क गरिरहेको स्थानीयले पाएपछि प्रहरीमा खबर गरेका थिए । त्यसपछिको सोही अभियोगमा उनलाई अदालतले १९ हप्ताको जेल सजाय तोकीएको बेलायतको समाचारमाध्यम डेली स्टारले जनाएको छ ।
सजाय पाउने व्यक्ति जोनाथन पिसानी नाम गरेका ४५ बर्षका पुरुष रहेका छन् । उनको यौन जोडी भने ४० बर्षकी रहेकी छन् । उनलाई भने जरिवाना मात्रै तिराएर छाडिएको डेली स्टारले उल्लेख गरेको छ । तर उनलाई पनि १२ महिनासम्म समुदायको निगरानीमा राख्न अदालको आदेश रहेको बतायएको छ ।
सो घटना बेलायतको ग्रेटर म्यानचेस्टरस्थित स्टेलीब्रिज शहर भएको बताइएको छ । गत अगस्टकै भएपनि अनुशन्धान र घटनाको अध्यानपछि उनीहरुको क्रियाकलापबारे हाल मात्रै सजाय तोकिएको हो ।
उनहिरुको सो कियाकलाप देखेपछि स्थानीयले ब’लात्कार भएको भन्दै प्रहरीलाइ सम्पर्क गरेका थिए । तर पछि अनूशन्धानका क्रममा प्रहरीले सीसीटीभी पुटेज हेर्दा सुरुमा कुराकानी र त्यसपछि साइडरको बोलत साटासाट गरेर त्यसरी नजिकिएको पाइएको थियो ।
जेल सजाय तोकीएका जोनाथन पिसानी मानसिक रोगी भएको पनि बतायएको छ । उनी क्रिश्चियन धर्मावलम्वी भएकाले उनले अहिले जेलभित्रै क्रिस्मस मनाउने प्रतिकृयासमेत दिएको बताइएको छ ।
















