एजेन्सी ।

भारतको विहारस्थित वैशाली जिल्लाकी एक महिलाले आफ्ना पतिले नुहाउन नमानेपछि सम्बन्धविच्छेद मागेकी छिन् । २० वर्षीय पत्नि सोनी रामले २३ वर्षीय पति मनिष राम हरेक दिन ब्रश नगर्ने तथा ननुहाउने गरेकै कारण सम्बन्धबिच्छेद मागेकी हुन् ।
महिलाको आयोगमा उजुरी परेपछि आयोगले मनिष रामलाई आफ्नो बानी सुधार्नका लागि दुई महिनाको समय दिएको छ । बानी नसुधारे आयोगले उनीविरुद्ध उचित कारबाही गर्ने चेतावनीसमेत दिएको बताइएकाे छ ।
मनिषसँग सन् २०१७ उनीहरुको विवाह थियो । मनीष प्लम्बरको काम गर्छन् । ननुहाएकाले पतिको शरीरबाट गन्ध आउने गरेको आरोप लगाउँदै उनले उजुरी दर्ता गरेकी थिइन् ।
सोनीले पतिसँग कुनै पनि सर्तमा आफू बस्न नचाहेको बताउँदै आएकी छिन् ।
















