हिमताल फुटदा १५० बढी बेपत्ता

नयाँ दिल्ली।

भारत उत्तराखण्डको चमोलीमा हिमताल फुटदा १ सय ५० जना बढी बेपत्ता भएका छन ।

हिमताल फुटदा धौलीगंगा नदीमा आएको बाढीमा उनीहरु बेपत्ता भएका हुन । बेपत्ता हुनेहरुमा ऋषिगंगा विद्युत परियोजनामा कार्यरत कामदार छन् ।

धौलीगंगासहित जोसीमाथ नदीमा उर्लेको बाढीले कैयों घर बगाएकोछ ।

बाढीबाट हुन सक्ने क्षतिलाई न्युनिकरण गर्न चमोली देखि हरिद्वारासम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसैबीच प्रभावितस्थल चमोली जिल्लामा उद्दार र राहतका लागि हवाइ एवं स्थल सेना खटाइएको छ ।

घटना लगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै उद्दार र राहतमा जुट्न प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार