म्यानमारमा सैन्य कूविरुद्ध दिनहुँ हजारौँको प्रदर्शन

काठमाडौँ |

गत सोमवार म्यानमारमा भएको सैन्य कूपश्चात् लगातार दोस्रो दिन हजारौँ मानिसहरू विरोध प्रदर्शन गर्न सडकमा उत्रिएका छन् । मुख्य शहर याङ्गोनमा प्रदर्शनकारीहरूले सैन्य तानाशाहको विरोध र प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका हुन् ।

अघिल्लो साता नागरिक सरकारलाई अपदस्थ गरी कूमार्फत् सेनाले शासन हत्याएर संकटकाल घोषणा गरेपछि म्यानमारमादिनहुँ प्रदर्शनभइरहेका छन् । प्रदर्शन गर्न राजधानी नेपिदअलगायत शहरमा हजारौं मानिससहभागी छन् ।

सैन्य कूको विरोध गर्दै प्रदर्शनकारीले प्रजातन्त्रवादी नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टलगायत नेताहरूलाई रिहा गर्न माग गरेका छन्।कूविरुद्ध हजारौँ मानिस ठूलो ¥यालीमा सहभागी भएपछि सैनिक सरकारले इन्टरनेटपनि बन्द गरिदिएको छ ।

सेनाले इन्टरनेट बन्द गरेपछि बैंकिङ क्षेत्र पनि ठप्प भएको थियो। बैंकिङ सेक्टर चलायमान बनाउन इन्टरनेट जोडिए पनि फेसबुकलगायत सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएको छ । सोमवार देशलाई नियन्त्रणमा लिनुअघि बिहान सबेरै म्यान्मारको सेनाले नेतृ आङ सान सूचीसहित नेतालाई गिरफ्तार गरेका थियो । राष्ट्रपति लगायत जनप्रतिनिधिलाई समेत नियन्त्रणमा लिएको सेनाले देशको कार्यकारी अधिकारी सेनाका कमान्डर इन चिफ सिनियर जेनरल मिन आङ हलिङमा हस्तान्तरण गरेको छ, जसको विरोधमा दिनहुँ प्रदर्शनभइरहेका छन् ।

विवादित चुनावलाई लिएर सूचीको सरकार र सेनाबीच तनाव बढिरहेका बेला म्यान्मारमा सैन्य कू भएको हो।निर्वाचनमा धाँधली भएको भन्दै आइरहेको सेनाले सत्ता आफ्नो नियन्त्रणमा लिएको हो । निर्वाचनमा आङ सान सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसीले विजय हासिल गरेको थियो । म्यान्मारमा सन् २०११ मा प्रजातान्त्रिक सुधार हुनुअघि पनि सेनाले शासन चलाएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार