काठमाडौँ।

नेसनल युनिभर्सिटी अफ सिंगापुरमा गणितका एक प्राध्यापकले भर्चुअल क्लासमा म्युट बटन राखेर दुई घन्टासम्म पढाएको पछि मात्र थाहा पाएका छन् ।
रातभरि करायो, दक्षिणा हरायो उखानलाई चरितार्थ गर्दै सहप्राध्यापक वाङले लेक्चर सकेर प्रश्नोत्तर शुरू गरे । तर विद्यार्थीहरू पूरै मौन रहे ।
पछि एक विद्यार्थीले उनलाई तपाईंको बटन म्युट थियो भने ।
‘६ बजेर ८ मिनेट गएपछि हामीले तपाईंको केही कुरा पनि सुनेनौं,’ उनले बताए ।
‘हो र ?’ स्तब्ध हुँदै वाङले बताए । त्यसपछि उनले बायाँतर्फ फर्केर समय हेरे । त्यतिखेर लगभग ८ बजेको थियो ।
अनि तिमीहरूले कति सुन्यौ त भनी उनले विद्यार्थीहरूलाई सोधे ।
शुरूको केही मिनेट मात्र सुनेको विद्यार्थीहरूले बताए ।
‘
बेलुकाको ६ः०८ पछि तपाईंको स्क्रीन टक्क अडियो अनि त्यसपछि हामीले केही पनि सुनेनौं,’ अर्का विद्यार्थीले बताए ।
कुरो बुझेपछि वाङ आत्तिए अनि आठ सेकेन्डसम्म चिच्याए अनि खुइय गरे ।
पछि उनले विद्यार्थीहरूलाई यो पाठ कुनै समयमा दोहोर्याएर पढाउने बताए ।
विद्यार्थीहरूले प्राध्यापकलाई किन म्युट बटन अन छ भनी नबताएका त भनी सामाजिक सञ्जालमा टिप्पणी आए ।
त्यसपछि एक विद्यार्थीले भनिन्, ‘हामीले उहाँलाई अनम्युट गर्नका लागि संकेत गरेका थियौं र फोन समेत गरेका थियौं ।’
तर वाङले फोन कल थाहा पाएनन् र आँखा चिम्लेर पढाइरहे । धेरै विद्यार्थी प्राविधिक समस्या हल नभएको देखेर कक्षा छोडेर हिँडे ।
आईप्याडमा पढाउँदा यस्तो समस्या आएको विद्यार्थीहरूको भनाइ छ ।
















