काठमाडौँ ।
रुसमा पहिलोपटक मानिसमा बर्डफ्लु (एभिएन इन्फ्लूएन्जाए) संक्रमण भएको छ । कुखुरा फार्ममा कार्यरत सात जना कामदारलाई बर्डफ्लु भाइरसको संक्रमण भएको वैज्ञानिकहरुले बताएका छन् । उनीहरुलाई गत डिसेम्बरमानै संक्रमण भएको बताइएको छ ।
उपभोक्ता अधिकारका प्रमुख अन्ना पोपोवा र मानव कल्याणकारी संस्था रोस्पोट्रे बनाडजोरले मानव र जनावरहरूलाई जोगाउन सबै आवश्यक उपायहरू तुरुन्तै अपनाइएको बताएका छन् । ए एच ५ एन ८ नामको बर्डफ्लू मानव शरीरमा सरेको भन्दै रुसले थप सजगता अपनाएको जनाएको छ ।
संक्रमण भएका मानिसहरुमा सामान्य समस्या देखिएको र हाल उनीहरु स्वस्थ रहेको बताइएको छ । एच ५ एन ८ प्रकोप पछिल्लो समय रुस, यूरोप, चीन, मध्यपूर्व र उत्तर अमेरिकी देशमा देखा परेको बताइएको छ ।

















