काठमाडौं ।
काेराेना संक्रमणबाट अमेरिकामा पाँच लाख चालिस हजारले ज्यान गुमाएका छन् । विश्व स्वास्थ्य संगठनले दिएकाे विवरण अनुसार अमेरिकामा अहिलेसम्म पाँच लाख चालिस हजारकाे ज्यान गएकाे हाे ।
पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा १ हजार ७ सय चार जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ५५ हजार ६८३ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकै दिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।
हालसम्म अमेरिकामा संक्रमितको संख्या २ करोड ९८ लाख नाघेको छ । संक्रमितमध्ये अहिलेसम्म २ करोड ५ लाख ४९ हजार ६ सय ७८ जना संक्रमणमुक्त भएका छन् ।
उपचार गराइरहेका ८७ लाख ११ हजार २५४ जनामध्ये १२ हजार ७१५ जनाको अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएकाे छ ।

















