काठमाडौँ।
जर्मनीको एक कृषि फार्ममा आगलागी हुदा ५५ हजार बढी सुँगुरको मृत्यु भएको छ।
फार्मको एक भागमा आगलागी हुने बित्तिक्कै आगो फार्मभरि फैलिएको थियो।
मंगलबार दिउसो जर्मनीको उत्तर पूर्वी भागमा रहेको उक्त कृषि फार्ममा आगो लागेको थियो।
एल एफ डि होल्डिङ् नामक उक्त सुँगुर पालन पालन कृषि फार्ममा आगलागी भएपछि एक हजार ३०० सुँगुर मात्र जोगाउन सकिएको कम्पनीले जनाएको छ।




















